Search
Close this search box.
Search
Close this search box.

भेटिएन चोरी भएको झोलुङ्गे पुलको सामाग्री

jholunge puul

विष्णु प्रसाद लामिछाने/बुधबारे

बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ र ७ लाई छुट्याउने टिमाई खोलामा निर्माण हुँदै गरेको झोलुङगे पुलको सामग्री हराएको महिनादिन बितिसक्दा पनि हराएको सामाग्रीको अत्तोपत्तो छैन ।

EPIC EPIC EPIC

गत कार्तिक २१ गते बुटवलको जुनकीरी इन्डषृजले ४३ लाख १९ हजार ९ सय ५३ बराबरको झोलुङ्गे पुल निर्माणको सामाग्री बुद्धशान्ति-७ स्थित टिमाई खोला वारी सडक छेउ झारेको थियो।
कागजी रुपमा हेर्दा उक्त कम्पनीले २ दिन लगाएर सामान झार्यो, गाउँपालिकाबाट रकम भुक्तानी लियो र फर्कियो।

सामाग्री त्यहाँ झार्दा पुल निर्माण समितिका अध्यक्ष, प्राविधिक(साहारा नेपाल) र अन्य स्थानीयको उपस्थिति थियो भन्छन् पुल निर्माण समितिका अध्यक्ष माधव अर्याल।

त्यसको ठिक ५ महिना पछि चैत्र १९ गते निर्माणाधिन झोलुङगे पुलको झण्डै १८ लाख बराबरको सामग्री हराएको जानकारी प्रहरीले प्राप्त गर्यो।

puul
सामाग्री बुझ्दै सहारा नेपालका प्राविधिक र निर्माण समिती

रहस्यमय कुरा के छ भने, ९ महिना अघिदेखि निरन्तर चलेको पुल निर्माणको काम सामाग्री हराएकै बखत भने रोकिएको थियो।
निर्माण उपभोक्ता समितिका अनुसार गाउँपालिकाले मजदुरको ज्याला समयमा भुक्तान नगर्दा कामदारहरु केही दिनलाई काम रोकेर बसेका थिए।
चोरले सोहि समयलाई मौकाको रूपमा हेरी सामाग्री चोरी गरेको छ।

सामाग्री हराए लगत्तै निर्माण उपभोक्ता समितिले सामाग्री हराएको सर्जिमिन बनाइदिन भनी प्रहरी चौकीमा निवेदन दिएको छ। जिल्ला प्रहरी कार्यलय झापाका अनुसार सर्जिमिनको निवेदन परेपनी राज्यको सम्पत्ति हराएको बिषय भएकाले ल्याएका र भएका सामाग्रीको कागजी म्याचिङ गराई प्रहरीले खोजी गरिरहेको छ।

यता वडा र निर्माण समितिले केही समय खोजी गरेपनि पछिल्ला दिनहरुमा खासै चासो लिएको देखिदैन ।
प्रहरीलाई सम्पूर्ण जिम्मा दिएर यी दुवै संयन्त्र टाउको हलुका पार्ने दाउमा लागेको पाइएको छ ।

puul jarebar
सर्वत्र आलोचना भएपछि हाल निर्माण सामाग्री जरेवर पार्कमा ताला लगाएर राखिएको

खोला किनारमा यस अघि निर्माणका बिभिन्न काम हुँदा कुनै पनि सामाग्री नहराएको नजिर देखाउदै समितीले निर्माण सामाग्री पुलकै आसपास सडक किनारमा थुपारेको बताएको छ। थुपारेको स्थानबाट त्यति ठुलो परिमाणमा सामाग्री हराउनु संकास्पद मात्रै होइन पालिकाको लज्जास्पद बिषय पनि हो।

निति नभएका राजनीतिक दल
बिकास निर्माणका कार्यहरुमा आएका यस्ता समस्याबारे बुद्धशान्ति गाउँपालिका, यहाँ रहेका राजनीतिक दल वा अन्य निकायले अहिलेसम्म कुनै प्रेस बिज्ञप्ति सम्म निकाल्ने दृष्टता देखाउन सकेको छैनन् भने राष्टिय मुद्दामा चोक–चोक र सडकमा राँको बाल्ने दलका भातृ संगठनहरु आफ्नै ठाउँका समस्याहरु बारे भने बेखबर देखिन्छन् ।
खोला वारी र पारिका स्थानीय उपभोक्ता भने सामग्री हराएको बारे चिन्ता लिन बाहेक केही गर्न नसकीएको बताउँछन् ।

के के हरायो ?
पुल निर्माणका लागि ल्याइएका सामानहरु क्रस बिम ९६ थान, स्टील डेक ७९ थान, सब पेन्डर ४० सेट, स्टील डेक(स्पेशल प्यानल) १ थान, ह्याण्ड रेल पोस्ट २ थान, बेस प्लेट १ थान, इन्टरमिडिएट एलिमेन्ट १ थान, टावर वेस एलिमेन्ट २ थान, सेडल ४ सेट, प्लेट बक्स २ सेट हराएको छ ।


हराएका सामाग्रीको आर्थिक मुल्यांकन शुरुका केही समय २५ लाख भनिएपनि यकिन मुल्यांकन भएको छैन।
पुल निर्माणमा प्राविधिक सहयोग गरिरहेको साहारा नेपाल पनि हराएका सामाग्रीबारे बेखबर जस्तै छ। सामाग्री हराएको यत्तिका दिन बितिसक्दा साहारा नेपालले हराएका सामाग्रीको आर्थिक लगत तयार पारेको छैन।

(झोलुङ्गे पुलका सामाग्री हराएको बिषयमा आगामी अन्कमा थप सामाग्री प्रकाशन गरिनेछ)

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *