अध्यक्षले जनयुद्ध दिवसमा बिदा दिए, उपाध्यक्षले उल्ट्याइन्

धादिङ । धादिङको गजुरी गाउँपालिकामा जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने कि नदिने भन्ने विषयमा अध्यक्ष र उपाध्यक्षबिच विवाद देखिएको छ । बुधवार गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने सूचना जारी गरेका थिए । 

अध्यक्ष श्रेष्ठले बिदाको सूचना सार्वजनिक गरे लगत्तै उपाध्यक्ष शर्मिला बिसुरालले गाउँ कार्यपालिकाको बैठकले सोसम्बन्धी कुनै निर्णय नगरेको भन्दै फागुन १ गते सार्वजनिक बिदा नभएको सूचना प्रकाशित गरेकी छन् । 

EPIC EPIC EPIC

उपाध्यक्ष बिसुरालले गृह मन्त्रालयद्वारा जारी सूचनाअनुसार फागुन १ गते सार्वजनिक बिदा नहुने बेहोरा उल्लेख गर्दै सर्वोच्च अदालतबाट पनि सार्वजनिक बिदा दिन नमिल्ने फैसला भइसकेकोले त्यस दिन बिदा नदिएको प्रस्ट पारेकी छन् । 

उनले गाउँपालिकाभित्रका सबै निकायहरूलाई यथावत् रूपमा कार्यालय सञ्चालन गर्न समेत आग्रह गरेकी छन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च