अनियन्त्रित टिपर अनाथालयको टहरामा ठोक्किँदा तीनजनाको मृत्यु

शंखरापुर नगरपालिका– ६ साँखु ब्रह्मखेलस्थित सडकनजिकै रहेको द्वन्द्वपीडित तथा अपांग समाज नामक अनाथालयको टहरोमा टिपर ठोक्किँदा सुतिरहेका तीनजनाको मृत्यु भएको छ । साँखुतर्फ जाँदै गरेको बा.२क ६५८० नम्बरको टिपर अनियन्त्रित भई शुक्रबार बिहान करिब ३ः३० बजे टहरामा ठोक्किँदा तीनजना किचिएका थिए । घाइतेलाई नजिकैकोे नेपाल मेडिकल कलेज पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । 

टिपर टहरोमै ठोक्किँदा २१/२१ वर्षका सुमन र आकाश तथा ४५ वर्षका हरिजनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताए । चालक सिन्धुपाल्चोक मेलम्ची– १२ का २५ वर्षीय सागर माझीलाई पक्राउ गरिएको उनले बताए । प्रहरीसँगको सोधपुछका क्रममा चालक माझीले निदाएर दुर्घटना भएको बताएका छन् । 

EPIC EPIC EPIC

द्वन्द्वपीडित तथा अपांग समाज संस्थाका सञ्चालक युवराज थापाका अनुसार ज्यान गुमाएका तीनजना नेपाल प्रहरी र राष्ट्रिय बाल उद्धार परिषद्ले १० वर्षअघि अनाथालयको जिम्मा लगाएका व्यक्ति थिए । उनीहरूको ठेगाना खुलेको छैन । ६१ जना रहेको अनाथालयको एउटा कोठामा करिब १० जनाका दरले बस्ने गर्छन् । संस्थाले बेवारिसे तथा आफन्त नभएकालाई अनाथालयमा राख्ने गरेको छ । 

अनाथालयका सञ्चालक युवराज थापा भन्छन्– एक्कासि चट्याङ परेझैँ आवाज आयो 
अनाथालयमा सबैजना सुतिरहेका थियौँ । म अर्को कोठामा थिएँ । एक्कासि चट्याङ परेझैँ आवाज आएपछि ब्युँझिएँ । टहरो नै एकातर्फ कोल्टे परेको थियो । बाटो फराकिलो भए पनि चालकले टहरोमा ठोक्काएकाले ठुलो घटना भयो । तीनजनालाई टिपरले किचेको थियो । टिपरको पछाडिको टायर खाल्डोमा परेका कारण थप अन्य क्षति हुन पाएन । ज्यान गुमाएका तीनजना नेपाल प्रहरी र राष्ट्रिय बाल उद्धार परिषद्ले १० वर्षअघि अनाथालयको जिम्मा लगाएका व्यक्ति थिए । उनीहरू कहाँका हुन्, थाहा छैन । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *