काँकडभिट्टा।
झापा जिल्ला क्रिकेट संघले आयोजना गर्न लागेको अण्डर १६ क्रिकेट छनौट प्रतियोगिता आज र भोलि काँकरभिटा माविको खेल मैदानमा झापाका सम्पूर्ण क्रिकेट खेलाडी तथा क्रिकेट क्लब तथा एकेडेमीलाई संलग्न गरी खेलाडी छनौट भइरहेको छ।
झापामा सञ्चालनमा रहेका मिलन क्रिकेट क्लब, आर्दश क्रिकेट एकेडेमी, युनाईटेड क्रिकेट एकेडेमि, बोस्टन क्रिकेट एकेडेमि,प्याट्रिक क्रिकेट ट्रेनिङ सेन्टर, के. एस. वाई. सी सुरुङ्गा, आर्दश युवा क्लब बुधबारे, बाहुनडाँगी क्रिकेट एकेडेमी बाहुनडाँगी, आर्दश क्रिकेट क्लब कचनकवल लगायत अन्य खेलाडीको सहभागी रहेको झापा क्रिकेट संघले जानकारी दिएको छ।
छनौट खेल अन्तर्गत आज २ खेल हुनेछन्।









