अबको तीन महिना डेंगुको संक्रमण बढ्न सक्ने

झापा । मनसुन भर्खर–भर्खर सक्रिय भएको छ । तर डेंगुका संक्रमित देशभर भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुसदेखि हालसम्म ७३ जिल्लामा डेंगु सक्रिमित भेटिएका हुन् ।

हालसम्म १ हजार ४३२ जना संक्रमित भएका छन्, जसमा सबभन्दा बढी बागमती प्रदेशमा ४८२ जना संक्रमित भए । कोशीमा ३५०, गण्डकीमा २१२, लुम्बिनीमा १७१, सुदूरपश्चिममा १५९, मधेशमा ३८ र कर्णालीमा २० जना संक्रमित भए ।

EPIC EPIC EPIC

कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा। गोकर्ण दाहालका अनुसार एक दशकको तथ्यांकलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ ।

‘गत वर्ष मनसुन चाडै सक्रिय भएकाले डेंगु चाँडै फैलिन सुरु गरेको थियो । यस वर्ष भखरै मनसुन संक्रिय भएको छ, अबका दिनमा डेंगुका बिरामी बढ्छन्,’ डा. दाहालले भने, ‘यो तीन महिनाको अवधिमा कुनै पनि ठाउँमा डेंगु फैलिन सक्छ ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च