अभिनासको जन्मदिनमा जेब्रा क्रसिङ र ट्राफिक सचेतना बोर्ड निर्माण

कचनकवल। झापाको कचनकवल गाउँपालिकाका युवा अभिनास मोहलीले आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै अर्थपूर्ण बनाएका छन्। बिहीबार बिहानदेखि, मोहली र लजु लिम्बूको सक्रिय पहलमा कचनकवल गाउँपालिकाको वडा नम्बर २ र ३ अन्तर्गत पर्ने विभिन्न स्थानमा ट्राफिक सचेतना अभिवृद्धि गर्ने महत्वपूर्ण कार्य सम्पन्न गरेका छन्।

पुरानो बजारदेखि विद्यापाणी माविसम्मका तीन विद्यालय—पथरिया मावि, ब्लुबेल्स, र विद्यापाणी मावि—अगाडि जेब्रा क्रसिङ निर्माण गरिएको छ। साथै, ट्राफिक संकेत चिन्ह तथा होर्डिङ बोर्डहरू जडान गरी चालकहरूलाई गति सीमा, संकेत चिन्ह तथा ट्राफिक नियमहरूको पालना गर्न प्रेरित गरिएको छ। विद्यालय अगाडि जेब्रा क्रसिङ निर्माण गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्नु हो। विद्यार्थीहरूलाई दिनहुँ असुरक्षित रूपमा सडक पार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै यो कार्य गरिएको मोहलीका सहयात्री लजु लिम्बूले बताए।

EPIC EPIC EPIC

पेशाले शिक्षक रहेका मोहलीले आफ्नै घरमा पाठशाला सञ्चालन गर्दै करिब ३०० विद्यार्थीलाई विभिन्न विषय तथा भाषाका कक्षा प्रदान गरिरहेका छन्। सामाजिक गतिविधिमा पनि उनको योगदान उल्लेखनीय छ। उनका नेतृत्वमा सरसफाइ अभियान, शैक्षिक सामग्री वितरण तथा विपन्न वर्गका बालबालिकालाई निःशुल्क कक्षा सञ्चालन जस्ता विभिन्न सामाजिक कार्यहरू सम्पन्न भइसकेका छन्।

मोहलीको यस अभियानले स्थानीय बासिन्दा, विद्यार्थी, शिक्षक, अभिभावक तथा यातायात व्यवसायीहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ। यसले सडक सुरक्षासम्बन्धी जनचेतना बढाउनुका साथै विद्यालय क्षेत्रलाई थप सुरक्षित बनाउन योगदान पुऱ्याएको स्थानीयहरूले बताएका छन्।

परम्परागत रूपमा जन्मदिन भोज, आतिशबाजी वा व्यक्तिगत उत्सवहरूमा खर्च गर्ने चलन रहे पनि मोहलीले समाजसेवाका लागि रकम खर्च गर्ने निर्णय लिँदै उदाहरणीय कार्य गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
2
+1
1
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *