अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अफगानिस्तानसहित २० देशका नागरिकमाथि यात्रा प्रतिबन्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एसियाली मुलुक अफगानिस्तानसहित १२ बढी देशका मानिसलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाएका छन् । ट्रम्पले यात्रा प्रतिबन्धसँग सम्बन्धित आदेशमा हस्ताक्षरसमेत गरिसकेका छन् । 

प्रतिबन्ध लगाइएका मुलुकमा दक्षिण एसियाली मुलुक अफगानिस्तानसहित इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, सुडान र यमन समावेश छन् । यस्तै सियरा लियोन, टोगो, बुरुन्डी, क्युबा, लाओस, तुर्कमेनिस्तान र भेनेजुएलालगायत सात देशका नागरिकलाई आंशिक रूपमा यात्रामा प्रतिबन्ध लगाइएका छन् । यो घोषणा सोमबार, जुन ९ बाट लागू हुनेछ । 

EPIC EPIC EPIC

अमेरिकाले अमेरिकीहरूलाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउन यी प्रतिबन्धहरू लगाइएको बताएको छ । ट्रम्पले यात्रा प्रतिबन्धबारे यस्तो घोषणा गरेको यो दोस्रो पटक हो । आफ्नो पहिलो कार्यकालमा २०१७ मा पनि ट्रम्पले यस्तै आदेशमा हस्ताक्षर गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *