झापा । झापाको अर्जुनधारामा फलामको गेटले किचेर एक बालकको मृत्यु भएको छ । गएराति ८ बजे अर्जुनधारा ६ बस्ने सवनम मस्कराका छोरा २ वर्षीय शिवम् मस्कराको फलामको गेटले किचेर मृत्यु भएको हो ।
आमा श्रेया अग्रवालसँग सोही ठाउँमा रहेको मामाघर ऋषि अग्रवालकोमा पाहुना आई फलामको गेटमा खेल्ने क्रममा उक्त गेट पल्टिएर बालकलाई किचेको थियो ।
घाइते बालकलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा आज बिहान ६ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन् ।