अलैँची निर्यात ६० प्रतिशत बढेर पुग्यो साढे पाँच अर्ब

भद्रपुर। चालू आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६०.१० प्रतिशत बढेको छ। मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँबराबरको अलैची निर्यात भएको छ।

पाँच महिनाको अवधिमा दुई हजार ६२२.१० टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को सोही अवधीमा तीन अर्ब ४५ करोड ६३ लाख रुपैयाँबराबरको अलैची निर्यात भएको उनले जानकारी दिए।

EPIC EPIC EPIC

कार्यालयको तथ्याङ्अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा चियाको निर्यात ३१.४० प्रतिशतले घटेको छ। उक्त अवधिमा एक अर्ब ८५ करोड ६२ लाख रुपैयाँको चिया निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा दुई अर्ब ७० करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ।

कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनीयर सिट १२९.९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा, सुठो ४८.७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६.१० र मुसुरो दाल ४८१ प्रतिशत वृद्धि भएको छ। यसैगरी प्लाउड ४६ प्रतिशत, अम्रिसो ३५.५० फलामे पाता निर्यातमा ९७.८० प्रतिशत कमी आएको छ।

मेची भन्साबाट चालू आर्थिक वर्ष २०८२/०८३ पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख १३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *