अष्ट्रेलियामा श्रीमद्भागवत ज्ञानगंगा महायज्ञ सम्पन्न हुने

सिड्नी । श्री नरहरिनाथ योगी एवं आदित्यनाथ फाउण्डेशन, अष्ट्रेलियाद्वारा आगामी डिसेम्बर २७, २८ र २९ गते ग्राण्ड प्यालेस, पारामाटा रोड सिड्नीमा श्रीमद्भागवत ज्ञानगंगा महायज्ञ आयोजना हुने भएको छ।

फाउण्डेशनका अध्यक्ष पण्डित नारायण नारायण शास्त्री पन्थीको विशिष्ट नेतृत्वमा, उपाध्यक्ष रामहरी थापा, कोषाध्यक्ष अनिल ज्ञवाली, सचिव कृष्ण प्रसाद सुवेदी र प्रोपाइटर रन्जित शाहको सामूहिक संयोजनमा आयोजना हुने महायज्ञमा अष्ट्रेलियाका शुभेच्छुक, शुभचिन्तक र सनातन धर्मप्रेमीहरूको सहभागिता रहने बताइएको छ।

EPIC EPIC EPIC

महायज्ञमा भागवत मञ्जरी राधिकादासजीको मुखारविन्दबाट कथा श्रवण तथा विशिष्ट कलाकारहरूको प्रस्तुतीमा संगीतमय भजन आयोजना गरिनेछ। नेपालका सुप्रसिद्ध विद्वान् डा. भोलानाथ योगीको आतिथ्यमा तीनदिने कार्यक्रम अध्यक्ष पण्डित नारायण शास्त्रीको अध्यक्षतामा सञ्चालन हुनेछ।

अष्ट्रेलियामा रहेका सामाजिक तथा धार्मिक संघ–संस्थाका विशिष्ट व्यक्तित्वहरू र ॐकार परिवारका धर्मानुरागीहरूको उपस्थितिले कार्यक्रम भव्य हुने आयोजकहरूले जनाएका छन्। यस महायज्ञले अष्ट्रेलियामा रहेका ॐकार समाजमा हिन्दु सनातन संस्कृति र जीवनदर्शनबारे जागरण ल्याउने अपेक्षा गरिएको छ।

महायज्ञमार्फत धर्म, अर्थ, काम र मोक्ष नामक चतुर्विध पुरुषार्थको जीवन दर्शन प्रस्तुत गर्दै समाजलाई भौतिक, दैविक र अध्यात्मिक प्रगतिपथमा प्रेरित गर्ने लक्ष्य लिइएको छ। साथै विश्वशान्ति, विश्व–भ्रातृत्व र विश्वकल्याणका विषयमा चर्चा–परिचर्चा हुने बताइएको छ।

अध्यक्ष शास्त्रीका अनुसार सनातन हिन्दु जीवनपद्धति नै मानवधर्म र विश्वशान्तिको परिचायक हो भन्ने सन्देश प्रवाहित गर्ने यो कार्यक्रमले अष्ट्रेलियाको धार्मिक चेतनामा नयाँ ऊर्जा थप्नेछ।

अन्तर्राष्ट्रिय स्तरमा सनातन धर्म, योगदर्शन र ओंकार परिवारको एकताका लागि समर्पित डा. भोलानाथ गुरुको उपस्थितिले कार्यक्रमलाई अझ उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ। विगत करिब ४० वर्षदेखि शिक्षा, शान्ति, धर्म–संस्कृति र मानवसेवामा सक्रिय रहेका नाथ योगी तथा विद्वान् गुरुको सहभागिताले महायज्ञमा नयाँ उर्जा प्रदान गर्ने आयोजकहरूको विश्वास छ।

फाउण्डेशनका कोषाध्यक्ष अनिल ज्ञवालीका अनुसार महायज्ञबाट संकलित रकम श्री योगी नरहरिनाथका कृतिहरू प्रकाशनमा खर्च गरिनेछ। सचिव कृष्ण प्रसाद सुवेदीले यस अवसरलाई चुनौती र अवसर दुवैको रूपमा लिँदै ॐकार परिवारको व्यापक सहभागिता सुनिश्चित गर्न प्रचार–प्रसार तीव्र बनाइएको बताए।

महायज्ञमा सहभागी भक्तजनका लागि सहज र व्यवस्थित व्यवस्थापनका जिम्मेवारी प्रो. रन्जित शाहले सम्हाल्नेछन्।

यस पवित्र आयोजनामा विश्व ओंकार एकता महाभियान परिवार, विश्व हिन्दु महासंघ अष्ट्रेलियाराष्ट्रीय हिन्दु एकता मञ्च नेपालले शुभकामना प्रकट गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *