आँखा फर्फराउनु शुभ कि अशुभ? थाहा पाउनुहोस

काठमाठौं । नेपाली समाजमा यस्ता धेरै अन्धविश्वास र रुढिबादी चालचलनहरु छन् । घरबाट बाहिर निस्कदा रित्तो भाँडो देख्नु, महिलाको कपाल खुल्लै देख्नु, बिरालोले बाटो काट्नु आदि जस्ता कुराहरुले हामीलाई छेकिरहेको हुन्छ ।
यो नेपाली समाज भित्रको एक गहिरो अन्धबिश्वास र गलत मानशिकता हो ।

यस्ता थुर्पै अन्धविश्वास र गलत मानशिकताले हामी अन्य भन्दा धेरै कुराहरुमा पछि परिरहेका हुन्छौं । यस्तै अन्धविश्वासमध्ये आँखा फरफराउने कुराले पनि धेरै नेपालीलाई झस्काईरहेको हुन्छ । के आँखा फरफराउनु अशुभ कै संकेत हो त ? आउनुस यसको बिषयमा केहि जानकारी लिउँ ।

EPIC EPIC EPIC EPIC EPIC

जनमानसमा दुई आँखा फरफराईमा पनि फरक फरक धारणा रहेको पाइन्छ । दाहिने आँखा फरफराए के हुने र देब्रे आँखा फरफराए कै हुने भन्नेबारेमा । त्यत्तिमात्रै होइन महिला र पुरुषको आँखा फरफराउनुले पनि धेरै महत्व राख्दछ, यो अन्धविश्वासमा ।

कतिपय ठाउँमा महिलाको देब्रे आँखा फरफरायो भने अशुभ हुने संकेतका रुपमा लिइन्छ भने पुरुषको देब्रे आँखा फरफरायो भने शुभ संकेत भनेर मान्ने गरिन्छ। त्यस्तै पुरुषको दाहिने आँखा फरफरायो भने अशुभको संकेत भनेर मानिन्छ, फेरि महिलाको त्यहि आँखा फरफरायो भने शुभ संकेत मान्ने हाम्रै समाजमा थुर्पै मानिसहरु छन् । यस्तो अन्धविश्वासमा पढे लेखेका शिक्षित ब्यक्तीहरु नै अल्झिरहेको पाइन्छ ।

तर, विज्ञानले यि सबै विस्वासहरुलाई अन्धविश्वास मान्दछ । जुनसुकै आँखा पनि फरफराउनुमा केहि न केहि शारिरीक कारण हुन्छ, नकी कुनै शुभ अशुभ संकेत ।

आँखा सम्बन्धी बिज्ञ र विभिन्न स्वास्थ्य सम्बन्धी अनुसंन्धानका अनुसार मानिसमा अनिन्द्र, थकान, तनाव, अस्वस्थ आदिका कारण हाम्रो जुन सुकै आँखा पनि फरफराउन सक्छ ।

आँखा फरफराउनुको वास्तविक कारण ठ्याक्कै थाहा नभए पनि हाम्रो आँखा सुख्खा हुन, आँखामा तेजिलो प्रकाश पर्नु, क्याफिन (चिया, कफी) को प्रयोग गर्नु, जाँड रक्सी सेवन गर्नु, पोषक तत्वको कमी तथा छाला सम्बन्धी रोगका कारण हाम्रो आँखा फरफराउँछ ।

यस्ता कारणले हाम्रो आँखा केही सेकेण्डसम्म या केही घण्टासम्म फरफराउन सक्छ । कहिले काहिं केहि दिनसम्म पनि आँखा फरफाउन सक्छ । यो कुनै ठुलो शारिरीक समस्या होईन ।

माथि उल्लेखित विभिन्न कारणले हाम्रो आँखाको तल्लो परेला बढि मात्रामा फरफराउने गरेपनि कसै कसैमको भने माथिल्लो आँखा बढि फरफराउँछ ।

आँखा फरफराउन कसरि रोक्न सकिन्छ ?
स्वास्थ्यकर्मीका अनुसार हामीले केहि कुराहरुमा ध्यान दिने हो भने आँखा फरफराउने समस्याबाट छुटकारा पाउन सकिन्छ । त्यसमध्ये केहि कुराहरु यसप्रकार छन् ।
–हाम्रो आँखालाई सफा राख्ने, चर्को प्रकासबाट बचाउने ।
–कम्प्युटरमा लामो समयसम्म काम गर्दा बेला बेला आँखालाई रेष्ट दिने, सकभर आँखाको सुरक्षाको लागि चस्मा प्रयोग गर्ने ।
– जाँडरक्सी जस्ता नसालु चिजहरु सेवन नगर्ने, भिटामिनयुक्त खानेकुरा, फुलफुल र हरिया सागपात बढि खाने ।
– अनिन्द्रा र तनाव मुक्त हुने ।
– धेरै लामो समयसम्म एकहोरो आँखा फरफराइ हेर्नमा समेत समस्या हुन थालेपछि तुरुन्त आँखा अस्पताल गई आँखा जाँच गराउने । -एजेन्सीको सहयोगमा

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *