हाम्रा व्हाट्सएप र मेसेन्जर समूहहरूमा प्रायः धेरै अप्रमाणित स्वास्थ्य सुझावहरू आइरहेका हुन्छन् ।
त्यस्ता दावीहरूलाई विश्वास गर्न र सोही अनुरुप व्यबहार गर्न मान्छे साच्चै नै बाध्य भैरहेको हुन्छ।
यतिबेला इन्स्ट्यान्ट मेसेजिङमा यस्तै एउटा सूचना भाइरल भएको छ।
सन्देशमा गर्मी र आँपको सिजनको बीचमा, आँप खाएपछि चिसो पेय पदार्थ नपिउन सल्लाह दिन्छ।
सन्देशमा उदाहरण सहित यो कसरी घातक हुन सक्छ, भनेर ब्याख्या गरिएको छ। आँप खाइसकेपछि चिसो पेय पदार्थ नखान चिकित्सकले सल्लाह दिएको पनि दाबी छ ।
“आँपमा पाइने साइट्रिक एसिडले चिसो पेय पदार्थमा पाइने कार्बोनिक एसिडसँग मिलाएर पेटमा विष बनाउँछ। कृपया यो सन्देश आफ्ना प्रियजनहरूलाई फर्वार्ड गर्नुहोस किनकी आँपको सिजन सुरु भएको छ” सन्देशले दावासाथ प्रेमले जानकारी दिन्छ।
तर, के यो दाबी सत्य हो ? के आँप खाएपछि चिसो पेय पदार्थ पिउनु साँच्चै घातक हुन्छ ? हामिले अध्ययन गर्यौ।
चिकित्सकलाई बुझ्नु पुर्व गुगलमा यसबारे खोज्दा नै यो मिथ्या सूचना हो भन्ने प्रष्ट भयो।
र के पनि खुल्यो भने हामी गलत सूचना आयातमा पनि भारतसँगै निर्भर छौं ।
आँपबारेको यो भ्रमपुर्ण सूचना भारतमा अझ धेरै चर्चित रहेछ ।
सामान्यतया तपाईंले फलफूल खाँदा वा तुरुन्तै कुनै पनि चीज खानु नै हुँदैन।
जस्तो खाना खाए लगत्तै पानी पिउन हुँदैन तर पिइ हाल्दा मृत्युुमा पुगिने भने होइन।
एकीकृत पोषण विशेषज्ञ र स्वास्थ्य प्रशिक्षक करिश्मा शाहले दुइ अलग प्रकृतिका खानेकुरा खाँदा सामान्य समस्या हुनसक्ने बताइन् ।
“कुनै पनि ग्यास कम्बिनेसन भएका पेय पदार्थ पिउनाले शरीरलाई खाना पचाउन अलिकति समस्या हुन्छ। जब तपाइँ केहि खानुहुन्छ, प्राकृतिक पाचन रसले काम गर्न थाल्छ। तर जब तपाइँ वातित वा कार्बोनेटेड केहि पिउनुहुन्छ, तपाइँको पेटमा हावा पकेट बन्छ। जसले पाचन प्रणालीमा धेरै अनावश्यक हावा निम्त्याउँछ, र खानालाई राम्रोसँग पचाउन गाह्रो बनाउँछ,” उनले भनिन्।
जहाँसम्म आँपको सवाल छ, “यो सबैको लागि साँचो नहुन सक्छ तर कसैलाई पनि हुन सक्छ। जस्तै, कुनै पनि ग्यास्ट्रिक समस्याहरूबाट ग्रस्त मानिसका लागी यो केही घातक बन्न सक्छ।”
यी दुईको संयोजनले मृत्यु निम्त्याउन सक्छ भन्ने भाइरल दावीको बारेमा कुरा गर्दै शाहले यस्ता अप्रमाणित कुराका पछी नलाग्न समेत अनुरोध गरिन।
“यसलाई छुट्टै अनुक्रमणिका हो भनेर खानुहोस किनभने आँपमा उच्च ग्लाइसेमिक इन्डेक्स हुन्छ। जब तपाइँ यसलाई अन्य चीजसँग खानुहुन्छ, तपाइँको रगतमा चिनीको मात्रा बढ्छ। त्यसैले यसलाई छुट्टाछुट्टै खानुपर्छ ” शाहले भनिन् ।
आफ्नो पेटलाई स्वस्थ्य राख्न बरु फलफूल र दुग्धजन्य पदार्थ सँगै नखान बिज्ञको सुझाव छ।