आईएमई पेले सोमपाल र करणलाई जनही पाँच लाख प्रायोजन

आईएमई पेले राष्ट्रिय क्रिकेटर सोमपाल कामी र करण केसीलाई प्रायोजन गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरे आईएमई पेले तिव्र गतिका दुई बलर सोमपाल र करणलाई एक वर्षका लागि प्रायोजन सम्झौता गरेको हो ।

सम्झौता अनुसार आईएमई पेले दुवै खेलाडीलाई वर्षको ५-५ लाख रुपैयाँ उपलब्ध गराउनेछ । सम्झौताको अवधि एक वर्षको लागि रहेको छ । दुवै खेलाडी एसियन गेम्समा सहभागी भएर बिहीबारमात्र नेपाल फर्किएका हुन् ।

EPIC EPIC EPIC

नेपाल क्रिकेट संघ क्यानले बिहीबार आईएमई पेसँग दुई वर्षको रणनीतिक साझेदारको रुपमा सम्झौता गरेको छ । सम्झौता अनुसार दुई वर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटको टिकेटिङ पार्टनरको रुपमा आईएमई पेमात्र हुनेछ ।

सोही सम्झौता अनुसार आईएमई पेले दुई खेलाडीलाई एक वर्षका लागि प्रायोजन गरेको हो । दुवै खेलाडीले लामो समयदेखि नेपालको राष्ट्रिय क्रिकेट टिममा योगदान दिदै आएका छन् । फास्ट बलर सोमपाल पछिल्लो समय क्रिकेट टिममा अलराउण्डरको भुमिका निर्वाह गर्दै आएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *