Search
Close this search box.
Search
Close this search box.

आजको शेयर बजार: ८ अंकले बढ्यो नेप्से, ८ समूह सूचकमा हरियाली

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ७ दशमलब ९० अंकले बढेको छ ।

२ हजार ७ सय ५८ दशमलब ९९ बिन्दुबाट सुरु भएको कारोबार ० दशमलब २९ प्रतिशतले बढेर २ हजार ७ सय ६५ दशमलब ४३ बिन्दुमा पुगेको हो ।

EPIC EPIC EPIC

बजार बढेसँगै सेन्सेटिभ इन्डेक्स पनि १ दशमलब २१ अंकले बढेर ५ सय १९ दशमलब ४६ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २२५ कम्पनीका ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार रुपैयाँ बराबरको ७५ लाख ६५ हजारभन्दा बढि कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज १३ वटा समूहमध्ये ८ समूहको सूचक बढेको छ भने ५ समूहको सूचक घटेको छ । आज होटल एण्ड पर्यटक समूहको सूचक सर्वाधिक ४ दशमलब ५१ प्रतिशतले वृद्धि हुँदा फाइनान्स समूहको सूचक सर्वाधिक ० दशमलब ८८ प्रतिशतले घटेको छ ।

मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने चन्द्रागिरी हिल्स्को शेयर मूल्य ९ प्रतिशत भन्दा बढिले बढेको छ ।

आज कर्पोरेट डेप्लप्मेन्ट बैंकको शेयर मूल्य सर्वाधिक ४ प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक शेयर खरिदबिक्री भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *