आजदेखि घट्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य

आजदेखि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँले घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले गएराति १२:०१ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६३ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल एक सय ४३ रुपैयाँ ५० पैसा कायम भएको छ ।

EPIC EPIC EPIC

साथै सुर्खेत र दाङका लागि पेट्रोल प्रतिलिटर रु एक सय ६५, डिजल र मट्टितेल प्रतिलिटर एक सय ५५ कायम भएका भएको छ । साथै काठमाडौँ, पोखरा र दीपायलका लागि पेट्रोल प्रतिलिटर रु एक सय ६६, डिजेल र मट्टितेल रु एक सय ५६ कायम भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च