आज गुरु पूर्णिमा श्रद्धापूर्वक मनाइँदै


काठमाडौं। आज आषाढ शुक्ल पूर्णिमा, अर्थात गुरु पूर्णिमा, श्रद्धा र भक्तिभावसाथ मनाइँदैछ। यो दिन आफैंलाई शिक्षा, ज्ञान र जीवन मूल्य दिने गुरुप्रति आदर प्रकट गर्ने विशेष अवसरका रूपमा लिइन्छ।

गुरु पूर्णिमा वेदव्यासको जन्मजयन्तिका अवसरमा मनाइन्छ। वैदिक धर्मग्रन्थ महाभारतका रचयिता तथा वेदान्त, अठार पुराण र उपनिषद्सहितका महत्वपूर्ण ग्रन्थ लेखेका व्यासमुनिलाई हिन्दू धर्ममा महान गुरुका रूपमा सम्मान गरिन्छ। उनीप्रति श्रद्धा व्यक्त गर्दै वैदिक कालदेखि व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा मनाउने परम्परा रहिआएको हो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

‘गुरु’ शब्द संस्कृतबाट आएको हो जसमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ। त्यसैले ‘गुरु’ भन्नाले अज्ञानताको अन्धकार हटाई ज्ञानको प्रकाश दिने व्यक्तिलाई जनाइन्छ।

यस अवसरमा शिष्यहरूले आफ्ना गुरुलाई सम्मान गर्दै मिष्ठान्न भोजन अर्पण गर्ने, टिका लगाउने र आशीर्वाद लिने परम्परा रहिआएको छ। नेपाली समाजमा गुरुहरूलाई आमाबुबा सरह सम्मान गर्ने परम्परा छ।

गुरु पूर्णिमा शैक्षिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण चाडका रूपमा मानिन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *