आज देशभर बदली, पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं। आज देशभर मनसुनी वायुको प्रभावले मौसम बदली रहनेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो र राति देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

EPIC EPIC EPIC

आज दिउँसोको मौसमगण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरैजसो स्थानहरूमा साथै अन्य भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।विशेषगरी सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा को समेत सम्भावना रहेको विभागले जनाएको छ।देशको उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात को सम्भावना पनि छ।आज रातिको मौसमआज राति पनि देशभर साधारणतया बदली रहनेछ।

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना छ।कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा को समेत सम्भावना रहेको छ।उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुने अनुमान गरिएको छ।

मौसम विश्लेषणहाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिमी नेपालको केही नजिक रहेकाले वर्षाको गतिविधि बढेको मौसमविद्हरूले बताएका छन्।नागरिकहरूलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *