इजरायली आक्रमणमा यमनको अन्तिम विमान ध्वस्त

एजेन्सी इजरायली लडाकू विमान द्वारा यमनको हुथी विद्रोही नियन्त्रणमा रहेको साना अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको हवाई आक्रमणले यमनिया एयरवेजको अन्तिम सञ्चालनमा रहेको विमान ध्वस्त भएको पुष्टि भएको छ। यस घटना पछि अन्तर्राष्ट्रिय समुदायबाट कडा निन्दा व्यक्त गरिएको छ।

नागरिक पूर्वाधारमाथिको आक्रमणप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

संयुक्त राष्ट्रसंघका प्रतिनिधिले आक्रमणले यमनका सर्वसाधारणको यात्रा अधिकारमा गम्भीर असर पार्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। साथै, उनले सबै पक्षलाई संयम अपनाउन र अन्तर्राष्ट्रिय मानवीय कानुन अनुसार नागरिक र पूर्वाधारको रक्षा गर्न आह्वान गरेका छन्।

EPIC EPIC EPIC

हुथी विद्रोही समूहको अल–मसिराह टिभी च्यानलले जारी गरेको विज्ञप्तिमा ‘इजरायली आक्रमकता’ को कडा शब्दमा विरोध गरिएको छ। साना विमानस्थलका निर्देशक खालिद अल शैफले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको भिडियोमा, ध्वस्त विमान यमनियाको अन्तिम सेवा सञ्चालनमा रहेको विमान भएको जानकारी दिएका छन्।

विगतको आक्रमण र हालको अवस्था

हुथी अधिकारीहरूका अनुसार ११ दिन अघि इजरायली आक्रमणमा छ वटा विमान जलेका थिए। त्यस पछिको अवस्था सुधार गर्दै, मे १७ मा मात्र विमानस्थलबाट सीमित व्यावसायिक सेवा पुन: सुरु गरिएको थियो। तर पछिल्लो आक्रमणले त्यो सेवा पूर्ण रूपमा बन्द भएको छ।

इजरायलका रक्षामन्त्री योआव गालान्तले पुष्टि गरे अनुसार इजरायली लडाकू विमानहरूले हुथीहरू लाई लक्षित गर्दै साना स्थित विमानस्थलमा दुई वटा क्षेप्यास्त्र प्रहार गरेका थिए।

हुथी समूहले नोभेम्बर २०२३ यता इजरायली लक्ष्यहरू लाई लक्षित गर्दै विभिन्न आक्रमण गर्दै आएको छ। यसको जवाफमा इजरायलले यमनमा हवाई आक्रमणहरू तीव्र बनाउँदै आएको छ। लगभग दुई हप्ता अघि पनि इजरायली सेनाले साना अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आक्रमण गरेको थियो।(सीसीटीभीप्लस)

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च