इजरायल-हमास आक्रमणमा मारिएका १० नेपाली शव नेपाल ल्याउन प्रक्रिया अघि बढ्यो

इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरुको निधन भएको औपचारीक जानकारी गराउदै नेपाली दुतावासले मृतकको शव नेपाल ल्याउने प्रक्रियाको लागि इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको बताएको छ ।

इजरायलस्थित नेपाली दूतावासले एक विज्ञाप्ति जारी गर्दै घटनामा परि घाइते मध्यर् ४ जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको र सम्पर्कविहिन रहेका एक जना नेपालीको खोजीकार्य भइरहेको जनाइएको छ ।

EPIC EPIC EPIC

दुई जना भने प्रहरीको सम्पर्कमा रहेर सुरक्षित रहेको बताएको छ। यसैगरी दूतावासले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय गर्न पनि अनुरोध गरेको छ। दूतावासले नेपाल फर्कन इच्छुक हुने नेपालीहरुको स्वदेश फिर्तिको लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि छिट्टै अनलाइन रजिष्ट्रेशनको व्यवस्था गरिने समेत जनाएको छ ।आजको समाचार दैनिकमा खबर छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *