इन्जिनियर पोख्रेल धरौटीमा छुटेको चाल पाएपछि माइतीघरमा धर्ना

आफ्नै घरमा काम गर्ने युवतीमाथि जबरजस्ती करणी  गरेको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका मध्यम पहाडी लोकमार्गका इञ्जिनियर हरिकुमार पोखरेलले हालेको पुनरावेदनको रिटको  पेशी सरेको छ।

गोप्य स्रोतको अनुसार पोखरेल असाेज १८ गते उच्च अदालत पाटनबाट धरौटीमा रिहा हुने चर्चा चलेको थियो। उक्त खबर पीडित पक्षले थाहा पाएपछि असाेज १८ गते बिहानै माइतीघर मण्डला र उच्च अदालत पाटन(ललितपुर) अगाडि धर्ना दिइएका थिए ।

EPIC EPIC EPIC

     जिल्ला अदालतको फैसला सदर हुने देखिएपछि उच्च अदालत, पाटनले साे मुद्दाकाे पेशी पुनः आगामी असाेज २५ गते बिहीबारका लागि सरेको स्रोतको दावी छ ।

 ‘पोखरेलले जेलबाट छुट्नको लागि धेरै सेटिङ मिलाइसकेकाे चर्चा थियाे । पीडित महिलाले माइती नेपालको सहयोगमा २०८० असार १८ गते प्रहरीमा जाहेरी दिएकी थिइन। जाहेरीको आधारमा प्रहरीले २०८० साउन १२ गते उनलाई पक्राउ गरेको थियो ।

२०८० भदौ ८ गते न्यायाधीश भोलानाथ  ढकालको इजलासले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो भने उनीसँगै पीडितलाई  धम्क्याउने तथा प्रलोभनमा पार्न खोज्ने आरोपमा पक्राउ परेका रामजी भनिने चेतन न्यौपाने र रन्जितकुमार जैसवाल चाहिं जनही ५० हजार रुपैयाँ रौटीमा रिहा भएका थिए।

 आराेपी पोखरेलले भने उक्त आदेशविरुद्ध  उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *