वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेनाले तीनवटा प्रमुख आणविक स्थलहरूमा हमला गरेको दाबी गरेका छन्। शनिबार उनले फोर्डो, नातान्ज र एस्फहानमा आक्रमण गरिएको उल्लेख गर्दै यसलाई “धेरै सफल” भनेका छन्।
राष्ट्रपति ट्रम्पका अनुसार, “हामीले फोर्डो, नातान्ज र एस्फहानसहितका इरानका तीनवटा आणविक साइटमा हाम्रो आक्रमण सफलतापूर्वक सम्पन्न गरेका छौँ। सबै अमेरिकी विमानहरू इरानको हवाई क्षेत्रबाट बाहिरिसकेका छन् र सुरक्षित रूपमा घर फर्किएका छन्।”
ट्रम्पले फोर्डो साइटमा बमको सम्पूर्ण पेलोड खसालिएको दाबी गर्दै अमेरिकाका सैनिकहरूको प्रशंसा समेत गरेका छन्। “हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई छ। संसारमा यस्तो गर्न सक्ने अरू कुनै सेना छैन। अब शान्तिको समय आएको छ,” उनले भने।
यस आक्रमणसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायलको आणविक कार्यक्रमविरुद्धको अभियानमा अमेरिका प्रत्यक्ष रूपमा संलग्न भएको स्वीकार गरेका छन्।
यसबारे इरान सरकारको औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ। तर, यो आक्रमणले मध्यपूर्वमा थप तनाव सिर्जना गर्ने सम्भावना बढेको विश्लेषकहरू बताउँछन्।