इलामका दुई स्थानमा पहिरो, दुई घरमा क्षति

इलाम, साउन ४ – इलाममा निरन्तरको वर्षाका कारण दुई स्थानमा पहिरो खस्दा दुई घरमा भौतिक क्षति पुगेको छ। यद्यपि कुनै मानवीय वा पशुजन्य क्षति भने भएको छैन।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार, साउन ३ गते साँझ करिब ७:३० बजे इलाम नगरपालिका–५ स्थित मान्द्रणीमा पूर्ण शंकरको घरमाथिबाट पहिरो खसेको हो। पहिरोले टिनको छानो, ढुंगामाटो र काठले निर्मित एकतले घरको पूर्वतर्फको कोठामा पूर्ण क्षति पुर्‍याएको छ।

EPIC EPIC EPIC EPIC EPIC

घटनापछि अस्थायी प्रहरी पोष्ट बिब्ल्याटेबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर विवरण संकलन गरेको र कुनै मानवीय वा चौपाया क्षति नभएको जानकारी दिएको छ।

त्यस्तै, साउन ४ गते बिहान करिब ४:०० बजे फाकफोकथुम गाउँपालिका–५ माल्टेनीस्थित झगर सिंह मुखियाको घरमाथिबाट आएको पहिरोले टिनको छानो र ढुंगामाटो तथा काठको घरको पर्खाल भत्किएको छ।

घर आंशिक रूपमा क्षतिग्रस्त भएपछि चार सदस्यीय परिवार हाल छिमेकी डम्बर सिंह मुखियाको घरमा आश्रय लिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मान बहादुर राईका अनुसार अन्य घरहरूमा पहिरो पुग्ने सम्भावना नरहेको र स्थिति सुरक्षित रहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *