उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य

झापा । झापाको बिर्तामोडस्थित मेडिका अस्पतालमा उपचार खर्च तिर्न नसक्दा एक व्यक्ति अस्पतालमै बस्न बाध्य भएका छन् ।

मजदुरी गर्ने क्रममा घरबाट लडेर अस्पताल भर्ना भएका बुद्धशान्तिका ३५ वर्षिय शखा राजवंशी उपचार खर्च बुझाउन नसक्दा एक हप्तादेखि अस्पतालमा बस्न बाध्य बनेका हुन् ।

EPIC EPIC EPIC

मजदुरी गर्दै बिहान-बेलुकीको छाक टार्दै आएका राजवंशी आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालमा बुझाउनुपर्ने शुल्क तिर्न नसक्दा डिस्चार्ज हुन सकेका छैनन् ।

आफन्त कोही नभएको र  साथीभाइसँगै कोठा लिएर बुधबारेमा बस्दै काम गर्दै आएका राजवंशीले उपचार खर्च बापत करिब १ लाख २० हजार बढी रकम बुझाउन सकेका छैनन् ।

स्थानीयले ५० हजार रुपैयाँ सहयोगस्वरूप संकलन गरेर अस्पताल पुर्याउँदा अस्पतालले केही रकम छुट गर्दा समेत डिस्चार्ज हुन नसकेको स्थानीय देवी दुलालले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *