उम्मेदवार स्वयं भोट नहाली घर गए

३ पुस, काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत बुधबार सम्पन्न मतदानमा ३६ जना प्रतिनिधि सहभागी भएनन्।

नयाँ नेतृत्व चयनका लागि कुल २२६३ प्रतिनिधिमध्ये २२२७ जनाले मतदान गरेका छन्। बाँकी ३६ जना प्रतिनिधि विभिन्न कारणले मतदान प्रक्रियाबाट बाहिर रहेका थिए। तीमध्ये एक जना उम्मेदवार स्वयंले मतदान नगरेको विषयले विशेष ध्यान तानेको छ।

EPIC EPIC EPIC

केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र अर्यालले आफैंलाई भोट नहालेको बताएका छन्। गुल्मीबाट प्रतिनिधि बनेर आएका अर्यालले ‘नो भोटको प्रयोग’ गर्दै मतदान नगरेको स्पष्ट पारेका हुन्।प्रेस चौतारीका पूर्वअध्यक्षसमेत रहेका अर्याल खुला केन्द्रीय सदस्यतर्फ १२८ नम्बरमा उम्मेदवार छन्। अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल दुवैको प्यानलमा नपरेपछि उनी मतदानस्थल नबसी घर फर्किएको नेपलप्रेसले जनाएको छ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको मतदानमा अनुपस्थित प्रतिनिधिको सूचीमा अर्यालको नाम समावेश भएपछि गरिएको सम्पर्कमा उनले भने, “नेताहरूले सूचीमा पारेनन्, म पनि घर आएर सुतेँ। कहिलेकाहीँ नो भोट पनि हुन्छ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

News Karkhana

न्यूज कारखानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *