एकसाथ नर्सिङ पाढ्दै तिम्ल्याहा दिदीबहिनी

एकै पटकमा तिम्ल्याहा सन्तान जन्मिएको समाचार नौलो होइन तर पूर्वप्राथमिकदेखि स्नातक तहसम्म एउटै विषय अध्ययन गरेको समाचार सबैका लागि रोचक हुन सक्छ । 

तिम्ल्याहा दिदीबहिनी लबिबा खातुन, अतिका खातुन र सबिका खातुन अहिले नर्सिङको स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । लबिबा महाराजगन्जस्थित इन्स्टिच्युट अफ मेडिसिन (आइओएम), सबिका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अतिका पोखरा नर्सिङ क्याम्पसमा भर्ना हुनुभएको छ । उहाँहरूले गत वर्ष चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा सहभागी भई छात्रवृत्तिमा नाम निकाल्न सफल हुनुभएको हो । 

EPIC EPIC EPIC

२०६२ चैत १६ गते वीरगन्जमा जन्मिनुभएका उहाँहरूबिच पढाइमा सानैदेखि प्रतिस्पर्धा नै चल्थ्यो । प्राथमिक तहसम्म त उहाँहरूसँग प्रथम, द्वितीय र तृतीय स्थानका लागि अन्य विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्दैनथे । उहाँहरूले माध्यमिक तहसम्म फरक स्थानका विद्यालयमा अध्ययन गर्नुभयो । “बाबु सरुवा भएर जता जानुहुन्थ्यो हामीलाई पनि त्यतै लैजानुहुन्थ्यो । त्यही भएर स्कुल पनि परिवर्तन भइरहन्थ्यो,” तिम्ल्याहामध्येकी अतिकाले भन्नुभयो । 

समिन अहमद र सबिला खातुनका तिम्ल्याहा सन्तान कक्षा १ देखि ५ सम्म काठमाडौँको सिनामङ्गलस्थित गुह्येश्वरी माध्यमिक विद्यालयमा पढ्नुभएको थियो । पढाइमा अब्बल भएकै कारण उहाँहरू कक्षा ६ नपढी इटहरीको कञ्चनजङ्घा बोर्डिङ स्कुलमा भर्ना हुनुभयो । पर्साको विन्ध्यवासिनी गाउँपालिका–५, निवासी समिन अहमद मस्जिदमा नमाज पढाउने शिक्षक हुनुहुन्छ । यसैले गर्दा उहाँको बेलाबेलामा सरुवा भइरहन्थ्यो । 

उहाँहरू कञ्चनजङ्घामा कक्षा ७ र ८ पढेपछि काठमाडौँको शिवपुरी माध्यमिक विद्यालयमा कक्षा ९ र १० पूरा गर्नुभयो । उहाँहरू तिनै जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समान ग्रेड अर्थात् ३.९ जिपिए प्राप्त गर्नुभएको थियो । उहाँहरूले कक्षा ११ र १२ त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट पूरा गर्नुभएको थियो । 

तीन जनाका एक जना भाइ छन् । विविध कारणले कक्षा १२ सम्म अध्ययन गर्न पाउनुभएकी आमा सबिला खातुनलाई पनि नर्सिङ अध्ययन गर्ने इच्छा भए पनि सो पूरा गर्न पाउनु भएन तर आफ्नो सपना छोरीहरूले पूरा गर्न लागेकामा खुसी हुनुहुन्छ ।

आमा सबिलाले साबिकको एसएलसी परीक्षा दिँदै गर्दा तेस्रो दिन तिम्ल्याहा छोरीलाई जन्म दिनुभएको थियो । छोरीहरूको जन्म पछि उहाँ थप विषयको परीक्षा दिन वञ्चित हुनुभयो र बल्ल अर्को वर्ष एसएलसी परीक्षा उत्तीर्ण गर्नुभयो । 

उहाँले भन्नुभयो, “मेरो पनि चाहना त चिकित्सा क्षेत्रमै जाने थियो । विविध कारणले मेरो इच्छा पूरा भएन । मेरो इच्छा छोरीहरूले पूरा गर्दै छन्, खुसी लागेको छ ।” 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च