पालिका सन्देश । झापाको बुद्धशान्ति–६ मा विगत ४ सय बर्ष अगाडि देखि लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला कोभिड १९ का कारण स्थगित भएको छ।
कात्तिक पुर्णिमाबाट १ हप्तासम्म लाग्ने गरेको यो मेला पछिल्ला २ बर्षदेखी सुनसान छ।कोभिड-१९का कारण स्थानिय प्रशासनले मेला संचालन गर्न अनुमति नदिएपछी मेला नलगाइएको ठुटेबर संरक्षण समितिका अध्यक्ष शिव कुमार पौडेलले बताए।
“कोरोना संक्रमणले अपठ्यारो स्थिती ननिम्त्योस भनेर नै हामिले यो बर्ष मेला नलगाएका हौं,त्यसमा पनि प्रशासनको अनुमति मिलेको छैन” उनले भने।
११ सय बर्ष पुरानो भनिएको ठुटेबर केही बर्ष अघि ढले पनि नयाँ बरको बिरुवा रोपिएको छ। नयाँ वर रोपेर ठुटेबर नाम दिएको उक्त बरको परिषरमा मेला लाग्दै आएको थियो।
यसअघि १२ बर्षे द्वन्द्वकालमा पनि मेला रोकिएको थियो।