ओमानलाई ३८ रनले हराउँदै नेपाल शीर्षस्थानमा, तेस्रो पटक टी–२० विश्वकप यात्रा सुनिश्चित

काठमाडौं। टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले हराउँदै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । यो सँगै नेपालले छनोट उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ  ।

हिजोको खेलमा नेपालले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १३ रनमा समेटियो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनायो ।

EPIC EPIC EPIC

यो खेलअघि नै नेपाल सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने पुरुष टी–२० विश्वकपका लागि छनोट भईसकेको छ । विश्वकपमा २० टोली सहभागी हुनेछन् । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको थियो ।

नेपालको यो तेस्रो पटकको विश्वकप यात्रा हो । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले अव अन्तिम खेलमा भोलि सामोआसँग खेल्नेछ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *