कचनकवलको बनियानी बजारमा व्यवस्थित माछामासु बिक्री सुरु

झापा — कचनकवल गाउँपालिकाको बनियानी बजारमा आधुनिक माछा–मासु बिक्री केन्द्र तथा बधशाला सञ्चालनमा आएको छ। लामो समयदेखि सडकछेउमै अस्वस्थकर तरिकाले मासु बिक्री हुँदै आएकोमा बजार व्यवस्थापन समितिले यसलाई व्यवस्थित बनाउँदै आधुनिक सुविधा सम्पन्न केन्द्र सञ्चालनमा ल्याएको हो।

बनियानी बजार व्यवस्थापन समितिका अध्यक्ष हरि बुढाथोकीका अनुसार, अबदेखि सबै माछा–मासु व्यवसायीले नयाँ बधशालाबाट मात्रै बिक्री वितरण गर्नुपर्नेछ। यसले बजारलाई सफा र व्यवस्थित बनाउन सहयोग गर्नुका साथै उपभोक्ताले गुणस्तरीय तथा स्वस्थकर मासु उपभोग गर्न पाउनेछन्। हिजो गोलाप्रथाबाट व्यवसायीलाई स्थान निर्धारण गरिएको थियो।

EPIC EPIC EPIC

नयाँ माछा–मासु बिक्री केन्द्रको उद्घाटन कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी र उपाध्यक्ष नवराज भट्टराईले संयुक्त रूपमा गरेका हुन्। स्थानीय सरकारको पहलमा सञ्चालनमा आएको यो व्यवस्थापनले बजार सुधार तथा उपभोक्ताको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

यस केन्द्रको निर्माणका लागि कचनकवल गाउँपालिकाको बजेटबाट रु. ११,७३,४२१।३८ (पीएस र भ्याट सहित) विनियोजन गरिएको थियो। उक्त निर्माण कार्य अच्युत कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले सम्पन्न गरेको हो। योजना २०८० साल फागुन ८ गते सम्झौता भई २०८१ साल असार १५ गते सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको थियो।

नयाँ संरचनाले बजारलाई व्यवस्थित बनाउनुका साथै उपभोक्तालाई सुरक्षित तथा गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *