कचनकवलको लक्ष्मी प्रसाद देवकोटा माविको लापरवाहीले परिक्षा दिएका विद्यार्थीको नतिजानै आएन

झापा, असार ४ । झापाको कचनकवल गाउँपालिका–२ सुकुनाडिगीस्थित लक्ष्मीप्रसाद देवकोटा नमुना माध्यमिक विद्यालयको लापरवाहीका कारण एक विद्यार्थीको भविष्य अन्योलमा परेको छ। पालिका स्तरीय कक्षा ८ को परीक्षामा सहभागी भएर पनि एक विद्यार्थीको नतिजा नआएपछि विद्यालय प्रशासनको लापरवाहीप्रति चर्को असन्तोष व्यक्त गरिएको छ।

सो विद्यालयमा अध्ययनरत भैरवकुमार राजवंशीले पालिका स्तरीय कक्षा ८ को परीक्षा फारम समयमै भरेका थिए। आवश्यक कागजात र फोटोसमेत बुझाएका थिए। निर्धारित तालिका अनुसार सबै विषयको परीक्षा दिएका उनले परीक्षाफल प्रकाशित भएपछि आफ्नो नाम अनुपस्थित देखिएको बताए।

EPIC EPIC EPIC EPIC EPIC

पालिकाले नतिजा प्रकाशन गर्दा भैरवको फारम विद्यालयबाट नपठाइएको पुष्टि भएको हो। कक्षा ८ को पालिका स्तरीय परीक्षा फारम भर्ने जिम्मेवारी सम्बन्धित विद्यालयको हुन्छ। फारम नभरेका कारण नतिजा नआएको भनी पालिकाले स्पष्ट पारेको छ।

भैरवका बुवा राजवंशीले विद्यालयको लापरवाहीले छोराको भविष्यसँग खेलवाड भएको गुनासो गरे। उनले भने, “छोराले परीक्षा दिइसकेको थियो, तर नतिजा आउनु त परै जाओस्, विद्यालयले फारम नै पठाएको रहेनछ।”

विद्यालयले यस्ता लापरवाही यसअघि पनि दोहोर्‍याएको आरोप लागेको छ। दुई वर्षअघि कक्षा १२ मा अध्ययनरत चार विद्यार्थीको फारम नपठाएर उनीहरूलाई पनि परीक्षामा अनुपस्थित देखिएको थियो। ती विद्यार्थीहरूले दुई वर्षसम्म विद्यालयका प्रधानाध्यापक सुभद्रा अधिकारीसँग धाउने क्रम जारी राखे पनि समस्या समाधान नभएको बताएका छन्। अन्ततः ती विद्यार्थीहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान बाध्य भएको पीडितको भनाइ छ।

यस्तै, गत वर्ष शिक्षक आवश्यकता भन्दै विज्ञापन निकालिएकोमा महिनौसम्म परीक्षा नलिएको र अन्ततः परीक्षा दस्तुर फिर्ता नपाएको भन्दै आवेदकहरूले आक्रोश व्यक्त गरेका छन्। प्रधानाध्यापक अधिकारीले ‘नाम इन्ट्री नभएको’ भन्दै दस्तुर फिर्ता गर्न नमिल्ने बताएपछि उनीहरू रित्तो हात फर्किएका थिए।

यस सम्बन्धमा विद्यालयकी प्रधानाध्यापक सुभद्रा अधिकारीले शिक्षक आन्दोलन तथा पालिकाबाट अभिमुखीकरण नहुनुका कारण केही त्रुटि भएको स्वीकार गरेकी छन्। उनले छुटेका विद्यार्थीको पुनः परीक्षा लिइएको र नतिजा आउन बाँकी रहेको बताइन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
3
+1
0
+1
2
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *