कचनकवलबाट ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

झापा। झापाको कचनकवल गाउँपालिका–४ लोधावारीमा लागुऔषध ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।

आज साँझ करिब ५:३० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत बिहार किशनगंजका २५ वर्षीय मो. सोहेल, उनकी २९ वर्षीया पत्नी तबसुम आरा र २४ वर्षीय कचालु अन्सारीलाई नियन्त्रणमा लिएको हो।

EPIC EPIC EPIC EPIC EPIC

उनीहरू भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेला शंकास्पद देखिएकाले जाँच गर्दा प्लास्टिकको पोकामा ब्राउन सुगर जस्तो देखिने खैरो लिसिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद पदार्थको तौल प्लास्टिक बाहेक ५८ ग्राम ४०० मिलिग्राम रहेको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र घटनासम्बन्धी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *