झापा। झापाको कचनकवल गाउँपालिका–४, आदर्श टोलबाट एक ८४ वर्षीय वृद्ध बेपत्ता भएका छन्। राम बहादुर मगर (बरही) नामका वृद्ध २०८१ माघ २९ गते दिउँसो करिब १ बजे घरबाट कसैलाई नसोधी निस्किएको र अहिलेसम्म पनि फेला नपरेको परिवारले जनाएको छ।
बेपत्ता मगरका बुहारी धन कुमारी मगरले माघ ३० गते साँझ ७ बजे इलाका प्रहरी कार्यालय केचनामा निवेदन दिएकी छिन्। प्रहरीका अनुसार गाउँ, छिमेकी र आफन्तकहाँ खोजी गर्दा पनि उनको कुनै अत्तोपत्तो नभएपछि औपचारिक रूपमा निवेदन दर्ता गरिएको हो।
प्रहरीले निवेदन प्राप्त भएलगत्तै खोजी कार्य थालेको जनाएको छ। इलाका प्रहरी कार्यालय केचनाका प्रमुख राजन कुमार प्रधान को नेतृत्वमा प्रहरी टोली खटिएको छ।

बेपत्ता वृद्धको हुलिया:
- वर्ण: गहुँगोरो
- उचाइ: ५ फिट ४ इन्च
- तौल: करिब ५५ केजी
- पहिरन: कालो ज्याकेट, ढाका टोपी, फुस्रो ट्राउजर, कालो जुत्ता
- विशेष चिनारी: कपाल फुलेको, सामान्य कुजो परेको, लौरो टेकेर हिँड्ने
यदि कोही कसैले उनलाई देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न वा तलका सम्पर्क नम्बरहरूमा जानकारी गराउन परिवारले आग्रह गरेको छ।
सम्पर्क:
- परिवार: धन कुमारी मगर (9701369778)
- आफन्त: पदम बहादुर श्रेष्ठ (98234841841)
- प्रहरी कार्यालय केचना: 9862941011



















