कचनकवल।
कचनकवल गाउँपालिकाले दोस्रो झापा जिल्ला अन्तरपालिका टि-२० क्रिकेट टुर्नामेन्टका लागि खेलाडी छनौट प्रक्रिया सुरु गर्ने भएको छ। बर्खा स्मृति प्रतिष्ठानद्वारा आयोजित यो प्रतियोगिता माघ ११ गतेदेखि सुरू हुनेछ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि कचनकवल गाउँपालिकाको टिम निर्माण गरिनेछ। यसै उद्देश्यले इच्छुक खेलाडीहरूको छनोट कार्यक्रम २०८१ पुष २६ गते, शुक्रबार बिहान ८ बजे कचनकवल-३ स्थित बगान युवा परिवारको खेल मैदानमा गरिने जानकारी गाउँपालिकाले दिएको छ।
गत वर्ष कचनकवल गाउँपालिकाको टिमले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको थियो। यसपटक उपाधि जित्ने लक्ष्यसहित उत्कृष्ट खेलाडीहरू छनोट गर्न ध्यान दिइने टुर्नामेन्ट व्यवस्थापन तथा समन्वय समितिका अध्यक्ष नवराज ढुंगानाले बताए।
गाउँपालिकाले सबै इच्छुक खेलाडीहरूलाई निर्धारित समय र स्थानमा उपस्थित भई आफ्नो खेल कौशल प्रदर्शन गर्न आह्वान गरेको छ।
थप जानकारीका लागि सम्पर्क
टुर्नामेन्ट व्यवस्थापन तथा समन्वय समितिका अध्यक्ष श्री नवराज ढुंगानासँग सम्पर्क गर्न सकिनेछ।
सम्पर्क नम्बर: ९८२८०१४०६५