कचनकवल। कचनकवल गाउँपालिकाले कर्मचारी नियुक्तिमा प्रक्रिया नपुर्याएको भन्दै रास्वपा कचनकवलले आपत्ति जनाएको छ।
गत साता पालिकाले कार्यलयमा रहने गरी …पदका लागी आवेदन माग गरेको थियो।
गत २८ गते उक्त पदका लागी २४५ जना परिक्षार्थी सहभागी भएपनि केही परीक्षार्थीलाई भने पहिलै प्रश्न चुहाइएको आरोप रास्वपाको छ।
रास्वपाले पटकपटक हुने परिक्षाको प्रश्न तयार गर्ने एकै ब्यक्ति हुँदा त्रुटि दोहोरिएको जनाएको छ।
रास्वपाले पालिकालाई लिखित रूपमै परीक्षा र घटनाक्रमको छानविन गरी उचित कदम चाल्न अनुरोध गरेको छ।
