बनियानी। झापाको कचनकवल गाउँपालिका ६ डम्बरगाछस्थित बाबूराम हेमरम र बड्का सोरेनको घरमा गएराति करिब १२ बजे जंगली हातिले आक्रमण गरेको छ।
सुतेको अवस्थामा हातिले घर भत्काउन थालेपछि घरभित्र रहेका परिवारका सदस्यहरू भागेर ज्यान जोगाउन सफल भएका छन्। मानवीय क्षति नभए पनि घरमा ठूलो क्षति पुगेको छ।
हालसम्म क्षतिको यकिन विवरण प्राप्त नभएको र सम्बन्धित निकायबाट विवरण संकलन कार्य भइरहेको स्थानीयले जनाएका छन्।