कचनकवलमा जारी मावि स्तरीय क्रिकेट प्रतियोगिता: विद्या निकेतन र कचनकवल मावि फाइनलमा

मनिष बराल

कचनकवल। कचनकवल विद्या मन्दिर माध्यमिक विद्यालयद्वारा आयोजित प्रथम कचनकवल गाउँपालिका स्तरिय अन्तर मा.वि क्रिकेट प्रतियोगिता पथरिया मा.वि को खेलमैदानमा आजबाट औपचारिक रुपमा सुरु भएको छ ।

EPIC EPIC EPIC

खेलमा विद्या निकेतन सेकेन्डरी स्कुल, श्री स्वर्णिम शिक्षा सदन, श्री लक्ष्मी प्रसाद देवकोटा मा.वि, कचनकवल विद्या मन्दिर मा.वि, श्री महेन्द्र रत्न मा.वि गरी जम्मा ५वटा विद्यालयले सहभागिता जनाएको थियो ।

कचनकवलका प्रतिभाहरूको पहिचान गर्न तथा खेलाडीलाई थप हौसला दिई यस क्षेत्रमा आफ्नो उचाई कायम राख्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको पहिलो खेल विद्या निकेतन सेकेन्डरी स्कुल र श्री लक्ष्मी प्रसाद देवकोटा मा.वि बीच सञ्चालन भएको थियो । जसमा, विद्या निकेतन सेकेन्डरी स्कुलले ८ विकेटको फराकिलो जित हाँसिल गरेको थियो ।

त्यस्तै, प्रतियोगिताको दोस्रो खेल श्री महेन्द्र रत्न मा.वि र श्री स्वर्णिम शिक्षा सदन बीच भएको थियो । जसमा, श्री महेन्द्र रत्न मा.वि ले श्री स्वर्णिम शिक्षा सदनलाई ९५ रनको भारी अन्तरले हराएको थियो ।

पहिलो खेलमा जित हाँसिल गरेको विद्या निकेतन सेकेन्डरी स्कुल र दोश्रो खेलमा जित हाँसिल गर्ने श्री महेन्द्र रत्न मा.वि तथा आयोजक टीम बीच लक्की ड्र गर्दा विद्या निकेतन सेकेन्डरी स्कुलले लक्की ड्र जितेर सिधै फाइनल खेलमा प्रवेश गरेको हो ।

श्री महेन्द्र रत्न मा.वि र कचनकवल विद्या मन्दिर बीच भएको दोस्रो सेमी फाइनल खेलमा श्री महेन्द्र रत्न मा.विलाई ६ विकेटले हराउदै आयोजक टीम फाइनल खेलमा प्रवेश गरेको हो ।

सिधै फाइनल खेलमा प्रवेश गरेको विद्या निकेतन सेकेन्डरी स्कुल र दोस्रो सेमीफाइनल खेलको विजेता बन्न सफल कचनकवल विद्या मन्दिर बीचको फाइनल खेल भने भोलि मात्र हुने आयोजकले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च