कचनकवलमा धानको कुन्युमा आगलागी, तीन लाखको क्षति

कचनकवल गाउँपालिका-४ बयरवारीका अलवास मियाँको धानमा अज्ञात समूहले आगजनी गरेपछि लाखौँको क्षति भएको हो।

मियाँले दुई बिगाहा खेतमा लगाएको धान काटेर दाइँ गर्न तयारी अवस्थाका राखेका थिए। दाइँ गर्नुअघि नै थन्क्याइएकै ठाउँमा अज्ञात समूहले आगजनी गरेपछि दुई बिगाहाको धान र पराल खरानी भएको पीडितले जानकारी दिए।

EPIC EPIC EPIC EPIC EPIC

धान र पराल गरी कम्तीमा तीन लाख बराबरको क्षति भएको पीडित मियाँको भनाइ छ। लाखौँ रुपैयाँको धान र वर्षभरि वस्तुलाई पुग्ने परालसमेत डढेर खरानी हुँदा आफ्नो बिचल्ली भएको मियाँले सुनाए।

आगो कसले र किन लगायो भन्ने विषयमा आफूलाई केही जानकारी नभएको उनले बताए। कसैले धानको बोझा जम्मा पारी राखिएको ठाउँमा पेट्रोल छर्केर योजनाबद्ध किसिमले आगजनी गरेको पीडितको दाबी छ।

इलाका प्रहरी कार्यालय केचनाले आगो लागेको कारण र आगो लगाउने मानिसको विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *