कचनकवलमा पशुपालक कृषकलाई प्रोत्साहन स्वरूप औषधि, बिमा, खोप र गर्भाधान नि:शुल्क

कचनकवल। झापाको कचनकवल गाउँपालिकाले यहाँका पशुपालक किसानलाई प्रोत्साहन गर्न विभिन्न सेवा निःशुल्क प्रदान गर्दै आएको छ ।

गाउँपालिकाले यहाँका पशुपालक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले औषधि, बिमा, खोप र कृत्रिम गर्भाधान सेवा निःशुल्क प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष कालेन्द्रसिंह राजवंशीले बताउनुभयो । “गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाको स्रोतले भ्याएसम्म किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम गर्छौं ।”

EPIC EPIC EPIC EPIC EPIC

पशुमा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि यहाँका २० हजार गाईवस्तु र १५ हजार बाख्रालाई खोप लगाइएको गाउँपालिकाका पशु शाखा प्रमुख मसिन्द्र यादवले जानकारी दिनुभयो । बाख्रलाई पीपीआर र गाईवस्तुलाई खोरेत, चर्चरे र भ्यागुते रोगविरुद्धको खोप लगाइएको उहाँले बताउनुभयो ।

त्यस्तै, गाउँपालिकाले यहाँका दुई हजार पाँच सय पशुको निःशुल्क कृत्रिम गर्भाधान समेत गरिदिएको छ भने २३५ वटा पशुको निःशुल्क बिमा गरिदिएको छ । बिमा कार्यक्रमबाट मात्रै यहाँका एक सय किसान लाभान्वित भएको नायब पशु स्वास्थ्य प्राविधिक हेमराज पौडेलले जानकारी दिनुभयो ।

पशु बिमा कार्यक्रम अन्तरगत संघीय सरकारले बिमा रकमको ८० प्रतिशत व्यहोर्ने गर्दछ भने बाँकी किसानले ब्योहोर्नुपर्ने २० प्रतिशत रकम गाउँपालिकाले तिरिदिएको हो । पशु बिमाका लागि गाउँपालिकाले रू दुई लाख २५ हजार बजेट छुट्याएको छ ।

मागको आधारमा रेबिजविरुद्धको खोप पनि उपलब्ध गराउँदै आएको गाउँपालिकाले चालू आर्थिक वर्षमा पशु शाखामार्फत् किसानलाई सेवा दिन रू ३४ लाख बजेट विनियोजन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र सुमनले बताउनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *