कचनकवलमा भेडा-बाख्राका लागि पिपिआर विरुद्धको खोप अभियान: कुन वडामा को प्राविधिक? (सम्पर्क नम्बरसहित)

कचनकवल। झापाको कचनकवल गाउँपालिकाले भेडा-बाख्रामा लाग्ने घातक रोग पि.पि.आर. नियन्त्रणका लागि सातै वटा वडामा खोप अभियान सञ्चालन गर्ने भएको छ। कोशी प्रदेश सरकार र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, भद्रपुरको समन्वयमा यो अभियान सुरु हुन लागेको हो।
गाउँपालिकाले जारी गरेको सूचना अनुसार, यो खोप कार्यक्रम मिति २०८२/०९/२० गतेदेखि सुरु भई २०८२/१०/०४ गतेसम्म सञ्चालन हुनेछ। अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकाले प्रत्येक वडामा पशु स्वास्थ्य प्राविधिक (खोप कर्ता) हरूको टोली खटाएको छ।
वडागत खोप कर्ता र सम्पर्क विवरण:

वडा नं. र स्थानप्राविधिकको नामसम्पर्क नम्बर
वडा नं. १ (घेराबारी)कविराज गणेश / चन्द्र गणेश९७६५२५९०३२ / ९८१७९७५५३५
वडा नं. २ (पथरिया)गुरु प्रसाद पौडेल / धिरज राजवंशी९८१७९३५६२७ / ९८२४९५५०४९
वडा नं. ३ (पथरिया)मिलन पोख्रेल / तनबिर हुसेन९८२४९२२२९१ / ९८१४०३३७८४
वडा नं. ४ (केचना)दारा सिंह राजवंशी / दिपेन्द्र गणेश९८०४९८४०३६ / ९७६७७३५८०७
वडा नं. ५ (पाठामारी)चन्द्र फुयाल / सागर दाहाल९८०६०१३९१२ / ९८४७५५९४४९
वडा नं. ६ (बनियानी)देवानुन गणेश / वसन्त राजवंशी९७६२९३००४९ / ९८२६९८१७९९
वडा नं. ७ (बालुबाडी)चनसिंह गणेश / सन्तोष राजवंशी९८१७९४१४०८ / ९८२६९२७२५१

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलद्वारा हस्ताक्षरित उक्त सूचनामा सम्पूर्ण जनप्रतिनिधि, टोल विकास संस्था, कृषक र सरोकारवालाहरूलाई यो अभियानमा आवश्यक सहयोग र समन्वय गरिदिन अनुरोध गरिएको छ।

EPIC EPIC EPIC

आफ्ना भेडा-बाख्राहरूलाई पी.पि.आर. जस्तो संक्रामक रोगबाट बचाउन समयमै खोप लगाउन गाउँपालिकाले सबै कृषकहरूमा आह्वान गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *