बनियानी। कचनकवलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
शुक्रबार राति १० बजेको समयमा कचनकवल ६ पेट्रोलपम्प अगाडि मे८ प ८१७ र BR 36* 3944 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा BR 36* 3944 मोटरसाइकलका चालक कचनकवल ४का ४१ बर्षिया कृष्ण प्रसाद शाह(रन्जित) को उपचारको क्रममा भद्रपुरस्थित ॐ साइँ पाथीभरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
त्यस्तै, घाइते भएका ३ जना मध्ये सन्दीप माझिको बिर्तामोडस्थित बि एण्ड सी अस्पताल र अन्य २ जना कचनकवल ६ बस्ने २१ वर्षीय गोपाल राजवंशी र २५ वर्षिया राम बहादुर राजवंशीको भद्रपुर स्थित ॐ साइँ पाथीभरा अस्पतालमा उपचार भइरहेको छ।
उनीहरु सबै पाठामारीबाट जिन्ती हिडेको बुझिएको छ।



















