कचनकवल जेसिजको जेसिज सप्ताह आज बाट सुरु

कचनकवल।
कचनकवल जेसिजको जेसिज सप्ताह-२०२२ कार्यक्रम आज देखी सुरु भएको छ। सप्ताहको पहिलो दिन आज कचनकवल गाउँपालिका-६ को बनियानी बजार तथा चौकमा सरसफाइ गरिएको छ।

कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई र वडा नं ६ का वडा अध्यक्ष चिन्तामणी खरेलले संयुक्त रुपमा सप्ताह उद्घाटन गरेका थिए। जसमा विद्या निकेत माविका प्रधानाध्यापक गोविन्द राजवंशी, एक्सल बैंकका प्रतिनिधित्व गर्दै सन्तोष राजवंशी,बनियानी युवा परिवार क्लबका उपाध्यक्ष लेखनाथ दाहाल, इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी प्रतिनिधि भगत चौधरी, कचनकवल मावि बाल क्लबकी अध्यक्ष अस्मिता देवान, स्थानीय युवा र विभिन्न विद्यालयका विद्यार्थीको भव्य उपस्थितिमा आजको सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

EPIC EPIC EPIC

त्यस्तै भोलि सप्ताहको दोस्रो दिन(मंगलबार) मैत्रीपुर्ण फुटवल प्रतियोगीता आयोजना गरिएको छ । कचनकवल गाउँपालिकाका जनप्रतिनिधि तथा  कचनकवल जेसिज परिवार विचमा मैत्रीपूर्ण खेल आयोजना गरिएको कचनलवल गाउँपालिका जेसीजका अध्यक्ष खगेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उनका  अनुसार एक हप्ता सम्म सामाजिक सेवामा हातेमालो देखी विकास निर्माणमा जेसीजको चासो सम्मका कार्यक्रमहरु तय गरिएको छ। कचनकवलका युवाहरुको सक्रिय संगठन जेसीजले ट्राफिक सचेतना, बालबालिकाहरुका लागी शैक्षिक सामाग्री वितरणका कार्यक्रमहरु एक हप्ता सम्म संचालन हुनेछन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च