कचनकवल जेसिजद्वारा जेसिज सप्ताह समापन तथा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कचनकवल, पौष १ । जेसिज सप्ताहको सातौं तथा अन्तिम कार्यक्रमका रूपमा कचनकवल जेसीज्ले मंगलबार कचनकवल माध्यमिक विद्यालय, बनियानीको प्राङ्गणमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा जेसिज सप्ताह समापन कार्यक्रम सम्पन्न गरेको छ।

‘युवाहरूको व्यक्तित्व तथा नेतृत्व विकासमा जेसिजको भूमिका’ शीर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगितामा उल्लेख्य विद्यार्थी सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथिका रूपमा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई तथा विशिष्ट अतिथिका रूपमा महिला नेत्री तथा समाजसेवी सेलेतुन खातुन उपस्थित रहनुभएको थियो।

EPIC EPIC EPIC

उद्घाटन समारोहको सञ्चालन कचनकवल जेसिज वर्ष २०२५ का महासचिव जेसि आशिष वाग्लेले गर्नुभएको थियो भने वक्तृत्वकला प्रतियोगिताको सञ्चालन कार्यक्रम संयोजक जेसि कुलचन्द्र अधिकारीले गर्नुभएको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा बाहुनडाँगी जेसिज वर्ष २०२५ का अध्यक्ष जेसि नित्यानन्द चम्लागाईं र कचनकवल जेसिजका संस्थापक अध्यक्ष जेसि खगेन्द्र पाण्डे रहनुभएको थियो।

प्रतियोगितामा लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयकी छात्रा आयुषा अधिकारी प्रथम, लक्ष्मी माध्यमिक विद्यालयकी छात्रा कृति सिटौला द्वितीय तथा स्वर्णिम शिक्षा सदनकी छात्रा अनामिका राजबंशी तृतीय हुन सफल भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि नवराज भट्टराईले प्रतिस्पर्धी विद्यार्थीहरूको आत्मविश्वास, प्रस्तुति क्षमता र कचनकवल जेसिजले युवाहरूको नेतृत्व विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

कार्यक्रमको समापन मन्तव्य राख्दै कचनकवल जेसिज वर्ष २०२५ का अध्यक्ष जेसि निर्मल दाहालले जेसिज सप्ताहअन्तर्गत सात दिनमा सातवटा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। जेसिज सप्ताहमा शैक्षिक सामग्री वितरण, ट्राफिक सचेतना, स्लो बाइक रेस प्रतिस्पर्धा, आन्तरिक पर्यटन प्रवर्द्धन, स्वागत होर्डिङ बोर्ड स्थापना, पूर्व अध्यक्षहरूसँग अन्तरक्रिया तथा अन्तिम दिनमा मा.बि.स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो।

कचनकवल जेसिजले युवाहरूको नेतृत्व, व्यक्तित्व विकास तथा सामाजिक सचेतनामा निरन्तर योगदान गर्दै आएको आयोजकले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *