कचनकवल डिप ट्युबवेल सिँचाइ आयोजना समुद्घाटन

पालिका सन्देश । कचनकवल गाउँपालिका–७, तारावनमा निर्माण सम्पन्न कचनकवल डिप ट्युबवेल सिँचाइ आयोजनाको एक विशेष समारोहका बीच समुद्घाटन गरिएको छ।

कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गत रहेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन, विराटनगरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

EPIC EPIC EPIC

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री माननीय तिलचन पाठकले सिँचाइ प्रणालीमार्फत पानी सञ्चालन गरी आयोजनाको औपचारिक उद्घाटन गर्नुभयो।

उक्त आयोजनाबाट स्थानीय कृषकहरूलाई वर्षभरि सिँचाइ सुविधा उपलब्ध भई कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ। यसले क्षेत्रीय खाद्य सुरक्षा सुदृढ गर्नुका साथै कृषिमा आधारित रोजगारीका अवसरसमेत सिर्जना गर्ने विश्वास लिइएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सम्बन्धित निकायका अधिकारीहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च