पालिका सन्देश – चर्चित अभिनेत्री कट्रीना कैफ र अभिनेता बिक्की कौशल यहि मंसिर २३ गते (डिसेम्बर )९ बिवाह बन्धनमा बाँधिदैछन्।
उनीहरुले बिवाह गर्ने पक्का- पक्की भएपनि दुबैले औपचारिक रुपमा त्यसबारेमा उल्लेख गरेका छैनन्।यद्यपि उनीहरु बिवाहको अन्तिम चरणमा पुगिसकेको भारतीय मिडियाले उल्लेख गरेका छन्।
विवाहमा कट्रीना र विक्कीका नजिकका मानिसहरू मात्र सहभागी हुनेछन्। रिपोर्टका अनुसार डिसेम्बर ७ देखि संगीतको साथ विवाह समारोह शुरु हुनेछ । त्यसपछि ८ गते मेहन्दी र ९ गते विवाह हुनेछ । डिसेम्बर १० मा, जोडीले एक रिसेप्शनको आयोजना गर्नेछ। दुवैले राजस्थानको सिक्स सेन्स फोर्ट बरवारामा हिन्दू रीतिरिवाज अनुसार सात परिक्रमा गर्ने कार्यक्रम रहेको छ।यो विलासी रिसोर्ट राजस्थानको सवाई माधोपुरमा रहेको छ।