कतारमा सडक दुर्घटनामा ज्यान गुमाएका युवा व्यवसायी आचार्यको शव नेपाल ल्याइयो 

काठमाडौं । कतारमा सडक दुर्घटनामा परी मृत्यु भएका युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको शव नेपाल ल्याइएको छ ।

कतारमा व्यवसाय गर्दै आएका आचार्यको कतारको अबुहमर रोडमा दुर्घटनामा परी मृत्यु भएको थियो।
आचार्यको शव काठमाडौंबाट गुल्मी पुर्याइएको स्रोतले जनाएको छ । कतारमा रहेको नेपाली दुतावास र एनआरएनए कतारको पहलमा शवलाई काठमाडौं ल्याइएको हो ।

EPIC EPIC EPIC

आचार्य सन् २०१२ मा कामदार भिसामा कतार गएका थिए । आचार्य गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष तथा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष समेत रहेका थिए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *