काठमाडौं । अमेरिकाले कतारबाट उपहारस्वरूप पाएको बोइङ ७४७ विमान स्वीकार गरेको छ ।
यस्तो उपहार लिन हुने–नहुनेबारे आलोचना भइरहेको भए पनि यो विमान अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान (एयर फोर्स वनको लागि)का रूपमा प्रयोग हुनेछ ।
अमेरिकाको रक्षा मन्त्रलय पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले बुधबार संघीय नियमहरूको पालना गर्दै कतारबाट बोइङ-७४७ विमान स्वीकार गरेको बताएको छ ।
यो विमानलाई एयर फोर्स वनको रूपमा प्रयोग गर्न अझै केही ‘मोडिफिकेसन’हरू गर्नुपर्ने बताइएको छ । कतारी राजपरिवारबाट उपहारस्वरूप दिइएको यो विमानको अनुमानित मूल्य चार सय मिलियन करोड डलर रहेको छ ।



















