काठमाडौं । शिक्षक सेवा आयोगले झण्डै २६ सय शिक्षक माग गरेर आवेदन खुला गरेको छ । आयोगले आज आफ्नो वेबसाइटमा सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जनाका लागि आवेदन खुला गरेको हो ।
आयोगले सातवटै प्रदेशमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि इच्छुकबाट आवेदन माग गरेको हो । आयोगले नेपाली विषयका ४३७ र अंग्रेजी विषयका लागि ६२४ जना शिक्षकको माग गरेको छ ।
यस्तै गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३ र गणित–विज्ञानमा ३६४ जनाको माग भएको छ । आउँदो १७ चैतमा लिखित परीक्षा हुने सूचनामा उल्लेख छ । सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन् । ६ माघभित्र आवेदन दिन सकिने आयोगले जनाएको छ ।
हेर्नुहोस् विज्ञापन :