कर्मचारीलाई जुत्ताको माला लगाउने दुई महिला पक्राउ


बिर्तामोड। झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई जुत्ताको माला लगाएर अभद्र व्यवहार गर्ने दुईजना महिला पक्राउ परेका छन् ।


ऋण रकम संकलन तथा नवीकरण गर्न उनीहरुको घर पुगेका सहाराका कर्मचारीलाई मोरङ मिक्लाजुङ–२ का दुईजना महिलाले अभद्र व्यहार गरेर भागेका थिए । एक महिनाभन्दा बढी समयदेखि बेपत्ता भएका उनीहरु हिजो राति पक्राउ परेका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC EPIC


मोरङ मिक्लाजुङ-२ बस्ने दुर्गामाया लिम्बू र माया मगरलाई प्रहरीले पक्राउ गरेको हो । अभद्र व्यवहारको कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।घटना भएको भोलिपल्ट इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी पर्नासाथ पक्राउ गर्न प्रहरी टोली खटाइए पनि उनीहरु फेला परेका थिएनन् ।


गत असार २९ गते दिउँसो करिब १ बजे सहारा नेपाल साकोसको मधुमल्ला सेवाकेन्द्र प्रमुख रमेश राई र कर्मचारी सुशीला लामिछानेलाई दुर्गामाया र मायाले दुव्र्यवहार गरेका थिए ।कागजपत्र तयार गरी घरमै कर्जा नवीकरण गर्न बोलाएका ती महिलाहरुले सहारा नेपालका कर्मचारीलाई जुत्ताको माला लगाइदिएका थिए । साथै, सेवाकेन्द्र प्रमुखलाई हातपात गरी भिडियो बनाएर सामाजिक सञ्जालमार्फत कर्मचारीको चरित्र हत्या गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
3
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *