कवि मुनाराज शेर्माको कविता: मेरो बुद्धशान्ति

पश्चिममा बग्छ दाँवा बिरिङ, पूर्वमा कुरुङ टिमाई
हडिया र हरिसिद्धि जोड्छ बुधबारे बर्ने सुनमाई
कति हुर्क्यो बोटबिरुवा कति सुम्प्यो अन्न धर्तिलाई
संसार जतिसुकै सुन्दर होस् मेरो माया बुद्धशान्तिलाई

मयुर ढुकुर रुप्पी काग सुगा मैना सयौं छन् चरा
ढोडे गोकुल भगेँरा ठेउवा घुम्छन सुपारी र खेतको गह्रा
सबै घर इटा र सिमेन्टको कहाँ लाउँछन गुँड बिचरा
बन्छु म सभ्य सज्जन गर्दिन सिकार कुनै सुन्दर चरा
संसार जतिसुकै राम्रो होस् मेरो माया मेरै गाउँघर

EPIC EPIC EPIC EPIC EPIC EPIC

किसान छर्छन् पसिना, फलाउँछ्न धान गहुँ मकै अन्न
रायो कोपि सिमि गोल्भेडा, फर्सी लौका खेतभरि टन्न
नबेची बाँस अमृसो सुपारी अदुवा, नगद घरमा रहन्न
पाल्छु सुँगुर बाख्रा कुखुरा गाई भैंसी व्यवसायी हुन
संसार जतिसुकै राम्रो होस् मेरो गाउँ बिना म रहन्न

उँभो हेर्दा चुरेको फेद, झापाकै अग्लो बस्ती तामाकोट
पहिले मोदि बस्ने मोदिडाँडा इरु झारले जेल्यो इरौंटार
सुनमाईमा सुन नखोज्नु हेर्न आउनु भिउटावर र जरेबर
सति जाने ढुङ्गा बोल्छ दुःखको कथा सतिगौडा परिटार
संसार जतिसुकै राम्रो होस् मेरो गाउँको माया अपार

उहिलेदेखि लाग्ने मेला सयवर्ष पुरानो सुनमाई ठुटेवर
जोरकलस उत्तर सिमाना दक्षिण धाइजन पश्चिम जयपुर
फलामको धाउ निकाल्ने जोरसाँघु मुनि शान्तिनगर
बनाउ पर्यटकिय क्षेत्र हडियाचुली चिलिमगढि सिम्सार
संसार जतिसुकै राम्रो होस् मेरै मन खेल्ने घर संसार

हुर्केका छन् साल करम धमेरो सयौंथरि प्राकृतिक वन
मिलेर हेर्छन गाउँलेहरु जोगाएर सामुदायिक वन
पिर छैन सरकारलाई कसरी जोगाउ हरियो वन
घाँस दाउरा काठ पात जडिबुटी किट्पतङ्ग घुमेर वन
संसार जतिसुकै राम्रो होस् गाउँबाट हट्दैन मेरो मन

मगर लिम्बू बाहुन क्षेत्री कामी दमै सार्की तामाङ राई
बस्छन् अनेक जाति मिलिजुली छैन भेदभाव कुनै
किसान लेप्चा उराउ माझी कुमाल धिमाल राजबंसी सबै
गुरुङ सेर्पा नेवार मारवाडि खवास सुनुवार मेचे मिलि सबै
मुस्लिम बौद्ध हिन्दु किराँत युमा ईसाइ निरपेक्ष भई
संसार जतिसुकै राम्रो होस् गाउँको माया छ अटल सधैं

बुधबार हाट लाग्ने किनमेल खरिद गर्न बुधबारे झर्ने
सहिद राम प्रधानको सालिक भोटेटारमा पर्ने
सफा राख चोक गल्ली आँगन फोहोर नदिमा नफाल्ने
रहन देउ स्वच्छ उर्वर भूमी हात्तिसुढे बालुवा नहाल्ने
संसार जतिसुकै राम्रो होस् गाउँमै मन यो रम्ने

ताल च्याब्रुङ मादल ढोलक बाँसुरी विविध संगीतको
लगाउ बक्खु घेलेक मेख्ली चौबन्दी सद्भाव समृद्धिको
पकाउ किनामा वाचिपा खिर खाग्सी ठेकुवा परिकारको
नाँच सङ्गिनि याराक्मा साकेला हुर्रा मारुनी परम्पराको
संसार जतिसुकै राम्रो होस् आफ्नै छ संस्कृति प्यारो

जोर पिपल जोरपिप्ले, मिलेपछि कलह शान्ति बन्यो शान्तिनगर
गडी थियो बन्यो गडिगाउँ,बर्ने बन्यो सोद्धा घर बर नेर
धान फल्ने चर्चा चर्चाबारी,धाराबाट बग्यो खोला धाराखोला
जमिन थियो गोपाल र जयको गोपालडाँडा जयपुर
जोगि बस्थे जोगिडाँडा, भोटे मर्यो टारमा भोटेटार
ट्याँगा फल्ने होक्से, गिद्ध बस्ने गिद्दे आँपगाछि भयो आइयाबारी
हडिया किनारमा किनारा बस्ती पुलको दुबैतिर पुलचोक
सुढमा पानी लिई गर्यो स्नान हात्तिले हात्तीसुँढे
अँध्यारो थियो खोल्सा झाडिले,बग्थ्यो ठुलो पानी कालीखोला
निर्माण गर्दै कृषिको हतियार उद्योगि कामीहरुको कामीटार
सांस्कृतिक क्रान्तिले बस्यो भुटानी नेपाली भुटानी सिविर
वन फाँडी सिन्दुरेले बाँझै थियो बाँझोखेत,मासु बेच्ने गोसखान
खनेर बाटो गौंडामा बोट छेउ खनिउको खनिगौंडा
पैंतालीस सालमा बस्यो बस्ती झोडेर बुट्ट्यान झोडा
संख्याले पाँच पोखरी,घट्टा चल्ने पानीले पानीघट्टा
संघीयतामा शान्तिनगर बुधबारे जोडि बन्यो बुद्धशान्ति
संसार जतिसुकै सुन्दर होस् मलाई प्रिय मेरै बुद्धशान्ति

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *