कांग्रेस सभापति देउवा भन्छन्– सरकारप्रति जनअपेक्षा बढ्दै गएको छ

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन सरकार एकताबद्ध भई अघि बढिरहेको बताउनुभएको छ।

भैरहवामा आजदेखि सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उहाँले दुई ठूला पार्टी मिलेर सरकार गठन भइसकेपछि मुलुकमा आशा सञ्चार भएको धारणा राख्नुभयो। देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच सरकार सञ्चालनबारे सम्झौता भए पनि सरकारलाई पूर्ण बहुमत प्राप्त नभएको उल्लेख गर्नुभयो। साथै, गठबन्धन सरकारलाई सबैले एकताबद्ध रूपमा सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

नेपाली कांग्रेसभित्र मतभेद हुन सक्ने भए पनि ती समस्या आपसी छलफलबाट समाधान गर्न सकिने उहाँको भनाइ थियो। साथै, कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन प्रशिक्षण कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा देशभरिका प्रतिनिधिसभाका १३० क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरू तथा एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाका ७० प्रदेशसभा क्षेत्रीय सभापति गरी जम्मा ३३० जना सहभागी छन्।

कार्यक्रम संयोजक एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पार्टी संगठन सुदृढीकरण, २०४६ पछि भएका नीतिगत सुधार, संविधान कार्यान्वयन, सङ्घीयता, क्रियाशील सदस्यता अभियानलगायत विषयमा छलफल हुने जानकारी दिनुभयो।

कार्यक्रमको दोस्रो दिन सात समूहमा विभाजन गरी पार्टी सञ्चालनका समस्या, क्षेत्रगत अनुभव आदिबारे गहन छलफल हुने छ। साथै, सरकारसँग जोडिएका विषयमा सुझाव सङ्कलन गरिने छ। परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले सहभागीहरूको जिज्ञासामा जवाफ दिने कार्यक्रम रहेको छ।

कार्यक्रमको व्यवस्थापन नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले गरिरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *