पुर्वी नाका काकडभिट्टामा बार, खाना र आवास सहितको होटल संचालनमा आएको छ।
“सिभिल होटल एन्ड बार” नाम दिइएको उक्त होटल मङ्सिर २२ गतेबाट संचालनमा आएको हो।
युवा व्यवसायी राज पौडेलले उक्त होटल संचालनमा ल्याएका हुन् । पौडेलले यसअघि नै बिर्तामोड स्थित लाहुरे होटल सफलता पुर्वक सन्चालमा ल्याईसकेका छन्।
बुधबारे जेसीजका उपाध्यक्ष समेत रहेका पौडेलले दुबाईमा १६ बर्ष होटल र हस्पिटालिटीको क्षेत्रमा अनुभव संगालेका छन्।
उनि सेफ(कुक)को क्षेत्रमा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम समेत लेखाउन सफल छन्।
काकडभिट्टामा शुरु भएको सिभिल होटलमा भारत निस्किएका र भारतबाट नेपाल प्रबेश गर्ने यात्रुका लागी सहज र उपयुक्त गन्तव्य बन्ने संचालक पौडेलको भनाई छ।
“पश्चिम नेपालबाट घुम्न आउने र नेपाल प्रबेश गर्ने अतिथिका लागी सिभिल होटल आफ्नै घर जस्तै हो खाना खाजा बार र आवासका लागी उत्तम गन्तव्य पनि हो” संचालक पौडेलले भने।
काकडभिट्टा बसपार्कबाट ठिक पस्चिमपट्टी रहेको सिभिल होटलमा सबैलाई स्वागत गर्न आतुर रहेको समेत पौडेलले जानकारी दिए।



















One Response
झापाको बुद्धशान्तिमा एउटा माउले पाठा र पाठि पाएको छ। बाख्रा पालक संघको वडामा सदस्य पदमा उमेद्वार रहि पराजित निज बाख्रा धनिले पालेको उक्त माउले यस अघि बोकै बोका पाउँदा गाउनै खुसिले गदगद् भएको थियो। उक्त माउले पाएको पाठो ठूलो भएर माघे सक्रान्तिमा हुने मासु आयातमा न्युनिकरण गर्न मद्दत पुग्ने पाठालाई दैनिक खोले पकाउन सहयोग पुर्याउने महिलाले विश्वास लिएकि छन। एजेन्सिको सहयोगमा बाख्रा समाचार रिपोर्टर।#यहि हो समाचारको गुणस्तरियता कि बिज्ञापन हो यो???